नेपाल सफाइ कर्मचारी युनियन नेपालका सफाइ क्षेत्रमा कार्यरत श्रमिकहरूको हक, हित, सम्मान, सुरक्षा र न्यायोचित कार्यपरिस्थितिका लागि काम गर्ने ट्रेड युनियन हो।
Our Story
Historical Story
नेपाल सफाई कर्मचारी युनियन को सम्छिप्त जानकारी अत्यन्तै फोहोर दयनीय अबस्थामा बाच्न बाधा पारिएको शहर देखी ब्यक्ति ब्यक्ति का घर घरमा जातीय वा परम्परागत रूपमा सफाई को काम गर्ने मजदुर हरु सफाई मजदुर हरु हुन र मल्ल कालमा पेशा को आधारमा जाति बिभाजन गर्ने परम्परा बसाइए पछि श्रमिक हरुलाई अछुत र उत्पीडित जाति समुदायमा पारिएको यि मजदुरहरू परापुर्ब देखि नै शनसकहरुले उत्पीडित अन्या अत्याचार गर्दै आए तर उनीहरुको पछेमा बोलिदिने र उनीहरूलाई उत्पीडित बाट मुक्त गरिदिने प्रयेत्न कमै भयो । महानगर हरु र अन्य स-साना शहरहरुमा समेत प्राय: एकै ठाँउ मा एउटा समुदाय को रूपमा बसोबास गर्दै आएको यिनै सफाई मजदुरहरूको पेशागत हक हितको रछ्या गर्ने सामुहिक रूपमा सम्बन्धित निकाय संग शौदाबाजी गर्न सफाई छेत्रमा व्यापक रूपमा विदमान असमानता अशिक्षित अन्य कुप्रथा तथा कुरिती बारे समुदायलाई सचेत बनाउने आदि लक्ष्य बोकेर २०४७ आसार १ गते नेपाल स्वतन्त्र सफाई मजदुर युनियन सबल बहालमा स्थापना भयो । नेपाल स्वतन्त्र सफाई मजदुर ट्रेड युनियन ऐन २०४९ बमोजिम २०५२ बैशाख २९ गते श्री ५ को सरकार श्रम बिभाग मा दर्ता भएको ११ औ राष्ट्रिय ट्रेड युनियन संघ हो । यो देश को सबैभन्दा ठुलो ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन महासंघ संग आवद्ध छ । शहर हाम्रो हो आउनुहोस् हामी सबै मिलेर यस लाई सफा सुन्दर बनाउऔ ।